पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि हुदा कति जना डिस्चार्ज ?
आइतबार, भाद्र २८ २०७७
भदौ,२८ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।