बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन

image
बुधबार, आश्वीन १४ २०७७

‘बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई उक्त घटनाको मतियारको रुपमा कारवाही गर्ने’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।

बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा भएका बलत्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

बलत्कारको घटनाको अनुसन्धानमा संलग्न प्रहरीको पनि अनुसन्धान गर्ने व्यवस्था मिलाउन, वलत्कार घटनाको तत्काल परीक्षण गर्न सकिने प्रविधिसहितको उपकरणहरु प्रत्येक जिल्लाहरुमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई भनेको छ।

हेर्नुहोस् निर्देशन