धादिङ्गमा हत्यापछि टाउको सहित प्रहरीमा

image
शुक्रबार​, भाद्र १९ २०७७

भदाै, १९ धादिङ्ग । धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन्।

हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । ‘हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आत्मसमर्पण गरेको छ,’ प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले भन्नुभयाे,

धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो । शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयाे ।गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको रेग्मिले बताउनुभयाे ।