लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन

image
सोमबार, भाद्र २२ २०७७

भदौ, २२ काठमाडौं । लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन परेकोछ । जन्मदिनको अवसरमा नाजिरलाई देशविदेशबाट उनका शुभचिन्तक तथा आफन्तहरुले शुभकामनाको वर्षा गराइरहेका छन् । आफ्नो अभिनय व्यबसायिक जीवन मन्दला थिएटरबाट सुरु गरेका थिए ।

चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका नाजिरले रंगमञ्चमा अभिनय गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर लगायतका छन् ।पछिल्लो पुस्ताका यि लोकप्रिय अभिनेताले चलचित्र होस्टेल रिटन्सबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका हुन् । नाजिरले चलचित्र ‘रज्जा रानी’ गाठो र पछिल्लो चरण ‘वीर विक्रम २’ मा काम गरेका छन् ।

चलचित्रका अलावा कैयौँ सफल म्यूजिक भिडियोमा समेत अभिनय गरेका नाजिरलाई ओएस नेपालका तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना ।