भदौ, १८ बिराटनगर । प्रदेश १ सरकारले मोरङको बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ ।प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो।
विहीबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिनेछ ।
बैठकले प्रदेश १ भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएका स्थानमा मात्र सिल गर्ने निर्णय पनि गरेको छ ।