भदौ,२९ काठमाडौं । सरकारले गत बुधवार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निकै खुकुलो पारेको छ । फलस्वरुप काठमाडौंका अधिकांश बजार खुला भएका छन् ।यद्यपि, काठमाडौंको एउटा मुख्य व्यापारिक क्षेत्र पुतलीसडकको अवस्था भने भिन्न छ ।
पहिलो चरणको लकाउनकै क्रममा सडकको पुनर्निर्माण प्रारम्भ भए पनि अहिलेसम्म पुतलीसडकको सडकको निर्माण कार्य सम्पन्न भएको छैन ।

फलस्वरुप निषेधाज्ञा खुकुलो हुँदा पुतलीसडक क्षेत्र धुलोमय बनेको छ ।
सडकमा सवारीसाधनको चाप बढेसंगै पुतलीसडकमा रहेका पसलहरु खुल्न सकेका छैनन् ।पसल खुले पनि ग्राहरुकरु आउने सम्भावना न्यून छ ।कारण हो सडकको दुर्दशा ।

सडकको अवस्था यस्तो भएकैले पुतलीसडकका अधिकांश पसलहरु अहिले पनि बन्द छन् ।
कलाकर्मी डटकमलाई यी तस्बिरहरु पुतलसीसडकमै फेसनेवल वेयरको पसल यूनिवेयर सञ्चालन गरिरहनु भएका चलचित्रकर्मी सुजन सुवेदीले उपलब्ध गराउनु भएको हो ।सुजन स्वयंले पनि सरकारले तोकेको दिनमा समेत धुलो, धुवाँ र सडकको अवस्थाका कारण आफ्नो पसल खोल्न सकेका छैनन् ।