भदौ,१७ काठमाडौं । संस्कृती सभ्यताको जननी हो भन्ने मुल नारालाई आत्मसाथ गर्दै एक दशक देखि ईन्द्रेणी कार्यक्रमले नेपालको लोक संस्कृति र सभ्यताको संरक्षण र प्रर्वद्धनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।लोक संस्कृति मात्र नभएर इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल तथा इन्द्रेणी परिवार दुःखी पिडित तथा विभिन्न समस्यामा परेका व्यक्तिका लागि मलम लगाउने काम गर्दै आएको छ ।
सेवा सन्देश र मनोरन्जको त्रिबेणी इन्द्रेणी कार्यक्रममा सयौं दर्शकको उपस्थीतीमा बिभिन्न पिडीतलाई सहयोग गर्दै आईरहेको छ ।यसै कार्यक्रमको लोकप्रियता संगै अब भने इन्द्रेणीको आफ्नै स्टुडियो बन्ने भएको छ। आज शिलान्यास गरिएको छ भने ईन्द्रेणी बाट चर्चामा आएका कलाकारहरुले फोटो सिएर गर्दै खुशी ब्यक्त गरेका छन।
यसै बिषयमा चर्चित गाईका खिमा रोका मगरले पनि प्रतिमा कंडेलको फेसबुक फोटो सिएर गर्दै खुशी ब्यक्त गरेकी छिन। उनले लेखेकी छिन ल है हामी सबैलाई बधाई छ (ईन्द्रेणी परिवार)