भदौ, ३० काठमाडौं । विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो ।ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको छ । अन्य प्रहरी युनिट झैँ सर्वसाधारणको सम्पर्क नहुने ब्युरोमा कसरी संक्रमण फैलियो भन्ने खुलिसकेको छैन।