काठमाडौं जिल्लामा ५७० जना सहित उपत्यकामा ७११ संक्रमित थपिए, ५ जनाको मृत्यु

image
शनिबार, आश्वीन ३ २०७७

असोज,३ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप ५ जनाको मृत्यु भएको छ । ललितपुरका ६८ र ७६ ववर्षीया महिल.ला तथा ६० वर्षका पुरुष तथा काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भको हो ।