थप ६ जना कोरोना संक्रमितको मृत्यु

image
बुधबार, भाद्र २४ २०७७

भदौ, २४ काठमाडौं । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।