कीर्तिपुर हत्याका पीडितलाई १० लाख दिन सरिता गिरीको माग...

image
मङ्गलबार, भाद्र ३० २०७७

भदौ, ३० काठमाडौं । पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुमा गतसाता कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो) को हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी छन् । उनले घरमालिकको आक्रमणबाट घाइते चौधरीको उद्दारमा प्रहरीले ढिलाई गर्दा उनको मृत्यु भएको भन्दै उक्त घटनाले आफूलाई गम्भीर बनाएको बताएकी छन् । 

उनले चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र बालबच्चाको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै  शम्भुको परिवारको भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै शम्भु पत्नीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरी रोजगारीको समेत व्यवस्था गर्न माग गरेकी छन् ।