काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

image
बिहीबार, भाद्र २५ २०७७

भदौ, २५ काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।