पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?

image
शनिबार, भाद्र २७ २०७७

भदौ,२७ काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।