मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

image
शुक्रबार​, आश्वीन २ २०७७

असोज, २ चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।पहिरोले दैनिकजसो मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।