दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाको अदली बदली

image
सोमबार, आश्वीन १९ २०७७

असोज, १९ काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । नियमित प्रक्रियाअनुसार आज बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने योजनासमेत रहेको नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।