पछिल्लो २४ घण्टामा नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

image
आइतबार​, कात्तिक २ २०७७

 

कात्तिक,२ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परीक्षण भएको छ।संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। 

आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।