लुम्बिनी प्रादेशिक अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु...

image
बुधबार, आश्वीन २१ २०७७

असोज,२१ काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार नवलपरासी सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिकाकी ५५ वर्षीया महिला र दाङ राप्ती गाउँपालिका-८ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

नवलपरासीका ७६ वर्षीय पुरुषको बुधबार बिहान १२:५० बजे उपचारका क्रममा मृत्यु भएको हो। उनलाई १६ गते अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। उनलाई मधुमेह, दम र उच्च रक्तचापको समस्या पनि थियो।

यस्तै, बुटवल उपमहानगरकी ५५ वर्षीया महिलाको बुधबार बिहान ५:३० बजे मृत्यु भएको हो। उनलाई १७ गते अस्पताल भर्ना गरिएको थियो।

यसैगरी, दाङकी ७१ वर्षीया महिलाको मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो। उनलाई पनि १७ गते अस्पताल भर्ना गरिएको थियो।