पछिल्लो २४ घण्टामा ४३९२ जनालाई कोरोना संक्रमण..

image
शुक्रबार​, आश्वीन ३० २०७७

असोज, ३० काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। 

२४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।