काङ्ग्रेस नेता मीन बिश्वकर्माको अबस्था गम्भीर....

image
शुक्रबार​, कात्तिक १४ २०७७

काठमाडौ १४,कार्तिक ।नेपाली काङ्ग्रेसका नेता मीन बिश्वकर्माको स्वास्थ अबस्था गम्भीर बनेको छ।कोरोना भाइरसको संक्रमण भइ बिश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा  उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

कार्तिक ०१ गते कोरोना पुष्टि भएपछि ४ दिन होम आइसोलेसनमा बसेका बिश्वकर्माको स्वासप्रस्वासमा समस्या आएपछि वीर अस्पतालमा लगिएको थियो ।उनको अबस्था झन बिग्रेर गएपछि भ्यान्टिलेटर सम्मको आबश्यकता पर्ने भएपछि ग्रान्डी अस्पतालमा लगिएको थियो।चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ।

पुर्वमन्त्री समेत रहेका उनी आफन्त बिबश पौडेलका अनुसार घरमा आइसोलेसन रहदा नै स्वासप्रस्वासको समस्या बढेको थियो।अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन