उपत्यकामा थपिए १६८४ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो

image
बुधबार, आश्वीन २१ २०७७

असोज,२१ काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३  र भक्तपुरमा ९५ जनालाई  कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार  ६९० र भक्तपुरमा  २ हजार ७८८ संक्रमित पुगेका छन्।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार १२६ छ। योसँगै हालसम्म ६८ हजार ६६८ पुगेको छ।आज देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।