नेपाली संगित क्षेत्रमा अर्को शोक : अस्ताए दरिला खम्बा धुव्र केसी !

image
बिहीबार, माघ ८ २०७७

माघ,८ काठमाडौं ।  नेपाली आधुनिक गीतसंगीतका साधक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४:४५ बजे उनले जीवनकै अन्तिम सास फेरे।केसी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए। २०/३० को दशकमा नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु दिएका केसी नेपालमा नाम चलेका गायक हुन्।

उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’, ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ‘बगी जाने खोला’ जस्ता सुपरहिट गीतमा स्वर दिएका थिए।‘मायालु हजार हुन्छन्’ बोलको गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल गीत हो। गोपाल योन्जनको शब्दमा रहेको यो गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।