झापाको मनमोहक पर्यटकिय स्थल “जरेबर भ्यु पार्क ”

image
मङ्गलबार, पौष २८ २०७७

पुस, २८ काठमाडौं । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं.७ मा पर्नै जरेबर भ्यु पार्क पुर्वी नेपालको पर्यटकीय क्षेत्रहरु मध्ये एक महत्वपुर्ण पर्याटकिय क्षेत्र मानिन्छ । एक पटक भ्रमण गरे पछि पटक पटक जाउ जाउ लाग्ने जरेवर भ्यु हाल निर्माणधिन अवस्थामा रहेको छ। इलाम र झापा जिल्लाको सिमानामा पर्ने यो पार्क सुरु सुरुमा जरेवरको नामले स्थानिय स्तरमा चिनिन्थ्यो ।

नेपाल सरकारले सन् २०२० लाई पर्यटकिय महत्सव वर्ष मनाउने निर्णय गरे सँग सँगै देशै भरका  स्थानिय स्तरमा पर्यटकिय क्षेत्र घोषणा गर्ने लहर चले सँगै जरेवर पर्याटकिय क्षेत्र जरेवरले पनि मुहार फेर्ने अवसर पायो । २०७६ साल बाट निर्माण सुरु गरिएको पार्कलाई १ नं. प्रदेश सरकारले ३० लाख लगानि गरेको कुरा स्थानिय वासी भिम लकान्द्रीले जानकारी दिनुभयो । पार्क निमार्ण सँगै आन्तरिक पर्यटकहरु जरेवर भ्यु हेर्न आउनेको संख्या बढेको पाइन्छ ।

सुसाइड प्वाइन्ट भनि गलत नाम करण गरिए पनि हाल प्रदेश सरकार स्थानिय स्तरको जनश्रमदान, स्थानिय सरकारको लगानी गरि घेरावारा सहितको शुन्दर पार्क निमार्ण भईरहेको छ । यस पार्कको छेउमा भीर मुनि रहेको टि माई खोलामा नेपालकै अग्लोमा झोलुङ्गे पुल रहेको छ । सो पुलबाट वञ्जी जम्प संचालन गर्ने योजनाले स्थानिय हर्षित भएका छन् ।

( भिडियो )