आजबाट हिमपात र वर्षा, हुने कस्तो रहन्छ ३ दिनको मौसम ?

image
बुधबार, माघ २८ २०७७

माघ,२८ काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसारमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ।

‘पश्चिमी वायुको प्रभाव दिनभरि रहन्छ। काठमाडौंको हकमा आज साँझबाट बादल हटेर जान्छ,’ महाशाखाका मौसमविद् निराजन सापकोटाले भने,‘अरू ठाउँमा भोलि बिहानसम्म हट्छ। भोलि घाम लाग्ने सम्भावना छ।’बिहीबार घाम लागे पनि शुक्रबार फेरि मौसममा बदली हुने देखिएको मौसमविद सापकोटाले बताए।अघिल्लो साता पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २८ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती: बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ २९ गते (बिहिबार)

दिउँसो : पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ।

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।