भैंसे बस्ती बचाउ अभियानकाे ग्याविन जाली निर्माण

image
बिहीबार, बैशाख १६ २०७८

मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ भैंसेमा बस्ती बचाउ अभियान अन्तर्गत बाढी पहिराेबाट बस्ती बचाउनका लागि ग्याविन जाली निर्माण गरिएको छ । च्यालाखाेला बाध निर्माण तथा संरक्षण उपभोक्ता समिति भैंसेले उक्त निर्माण गरिएको  हाे । 

गाउँपालिकाकाे करिब ३ लाख लागतमा २ महिना अघि बाधकाे निर्माण गरिएको समितिका अध्यक्ष हरी लामाले बताए । उनका अनुसार जालीकाे उचाई २ मिटर रहेकाे र चाैडाई १ मिटर तथा ८२ घनमिटर रहेकाे लामाले बताए । उक्त सम्पन्न निर्माणकाे अवलाेकन गाउँपालिकाकाे अनुगमन टाेलीले गरेकाे थियाे । 

 

त्यस्तै भैंसेकाे बजार चाेकमा पनि बस्ती बचाउ अभियानकाे लागि भैंसे चाेक वाल निर्माण उपभोक्ता समितिले ४० घनमिटरकाे बाल ढलकाे दायाँबायाँ र माथिपट्टी निर्माण गरिएको छ । गाउँपालिकाकाे करिब २ लाख लागतमा उक्त निर्माण कार्य  गरिएको हाे । यसरी वाल निर्माण गर्दा आफूहरू खुसी भएकाे र केहीमहिना अघि जस्तै बाढी घरभित्र पस्न नसकिने स्थानीय बताउँछन् । 

(Reporter Eros Lama)