चण्डीखाेलामा बाेलेराे पल्टिदा २ क्विन्टल तरकारी नष्ट

image
बिहीबार, बैशाख १६ २०७८

मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ चण्डी खाेला तथा त्रिभुवन राजपथ राजपथ अन्तर्गत गएराति १२ बजेर ३८ मिनेट जाँदा तरकारी बाेक्ने गाडी बाग्मती प्रदेश-०३- ००१च -०५९१ नंबरकाे गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाईते भएकाे छ । 

चालक गैडाकाेट नगरपालिका वडा नं. १० नवलपुरका ३० वर्षीय कैलाश नियुरे रहेकाे छ । गाडीले पालुङबाट काउली मुला गरी २ क्विन्टल तरकारी रहेकाे र विपरीत दिशाबाट आँउदै गरेकाे ट्रकले ड्रीम लाईट बाल्दा आफुले अगाडि केही देख्न नसकेकाे कारण गाडी पल्टिएको घाइते चालकले बताए । घाईते चालकलाई अस्थायी ट्राफिक पाेष्टका ट्राफिक प्रहरी जीवलाल भुषाल र प्रहरी चाैकी भैंसेका टाेलीले उद्धार गरिएको थियाे ।

(Reporter Eros Lama)