अस्लामीकाे संयाेजकत्वमा भिमफेदी स्काउटकाे नयाँ समिति गठन

image
आइतबार​, जेष्ठ १६ २०७८

हेटौंडा, जेठ १६/ मकवानपुरकाे भिमफेदीमा रहेकाे नेपाल स्काउट भिमफेदीले आशिष अस्लामीको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएकाे छ । केही समयअघि  संयोजक मात्रै तोकिएको कमिटिले शनिबार सदस्यीय कमिटी गठन गरिएको थियोे ।

 

कोरोना महामारी तथा बाढी, पहिरो जस्ता विपद्काे बेलामा नेपाल स्काउट भिमफेदीले टाेली गठन गरेकाे र जनमानसको जिउ ज्यान बचाउन र विपद् प्रतिकार्य गर्न तथा स्थानीय सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता रहेकाे संयोजक आशिष अस्लामीले बताए । 

 

भिमफेदी स्काउटका सदस्यहरुमा बिनिता आले, कृष्ण पोखरेल , मन्सुमी थापा मगर, भुपेन्द्र राना, इश्वरी प्रसाद दाहाल, कृष्ण पौडेल, राम कुमार दानी, राजिव परियार, शर्मिला चुनी र सुस्मिता बर्तौला रहेको छ ।

 

स्काउटका सदस्य भुपेन्द्र रानाका अनुसार आउने दिनमा स्काउटले विभिन्न रचनात्मक कार्यक्रम गर्ने र यस विपद्को समयमा सहयोगको लागि स्काउट भिमफेेदी तयार रहेकाे 

बताए । 

(Reporter Iroj Lama)