विश्व महामारी कोभिड – १९ कालमा हत्या, आत्मा हत्या र अपराध

image
बुधबार, जेष्ठ १२ २०७८

कोरोना–१९ यसलाई कोभिड–१९ पनि भनिन्छ  ।यो एउटा महामारी रोग हो । यस रोगबाट सन् २०१९ को मध्यकालदेखि चीनबाट सुरु भएर विश्वकै सम्पूर्ण देशहरुमा यो भाइरसले आफ्नो स्थान ओगटिसकेको छ । यस रोगबाट सन् २०२० अगस्तसम्ममा विश्वमा सात लाख मानिसहरूले ज्यान गुमाइसकेका छन् । यो रोगले विश्वको अर्थतन्त्र, राजनैतिक व्यवस्था तथा विभिन्न कानुनी सन्धी, महासन्धीहरुलाइृ खतरामा पारिसकेको छ । यो रोगले अन्तर्रााष्ट्रय रुपमा बेरोजगारी, गरिबी, बजार, मानवसंसाधन, प्रविधि लगायत विश्वको अहिलेसम्मको खोज, चिकित्सा विज्ञानलाई चुनौती समेत दिएको छ । ठूलो ठूलो संरचनाहरुलाई सन्त्रासमा राखेको छ भने मानिसको नैतिकता, अनुभव र सिद्धज्ञान माथि एउटा अनौठो ज्ञानको लागि चुनौती खडा गरेको छ ।

                यो रोग लाग्ने बित्तिकै समाजबाट अपहेलित हुनु पर्ने, आफ्नो एक्लो जीवनयापन गर्नु पर्ने समाजबाट घृणाको भाव महशुस गर्नु पर्ने लगायत मानविय मूल्य मान्यताहरुलाई पूर्ण रुपमा आत्मसात गर्न नपाइने जस्ता पीडाहरु भोग्नु पर्ने देखिन्छ । यस्ता क्रियाकलापले गर्दा मानिसले यस समयमा यो रोग लुकाउन विभिन्न खेल खेलिरहेका छन् । अर्को रुपमा हेर्ने हो भने यस रोगको कारण विभिन्न सामाजिक, आर्थिक तथा कानुनी बाधा अड्चनहरु देखा परिरहेका छन् । सम्बन्धित निकायहरुले गर्नु पर्ने काम यो रोगको नामबाट पछाडि धकेलिरहेका छन् । यहाँसम्म कि चिकित्सा पेसा जसलाई संसारको सबभन्दा उत्तम पेसा मानिन्छ, त्यस्तामा संलग्न व्यक्तिहरु समेत आफूलाई अल्पज्ञानी, आफ्नो दायित्वबाट पन्छिरहेका छन् । सही रुपमा हेर्ने हो भने कोभिड–१९ भाइरस सरुवा रोगबाट आफूलाई सुरक्षित राख्न विश्वमा उपलब्ध प्रविधि, बिजुली तथा आफ्नो आम्दानी स्रोतलाई नियमित राख्ने हो भने धेरै हदसम्म यसलाइृ जित्न सकिन्छ ।

                यस रोगबाट मानसिक तनाव, अधिक त्रास, अव्यवस्थित तथा अनियमित संसाधनको प्रयोगले मानिस यस रोगको चपेटामा धेरै आए । यस रोगको लागि आवश्यक प्रतिरोधात्मक क्षमता, मानिससँगको उठबसलाई समयमै ध्यान नदिनुले कोभिड–१९ ले मानिसलाई धेरै सताएको छ । यसै रोगबाट आजित भएर आत्महत्या गर्ने वा यस रोगको प्रभावबाट सामाजिक वा आर्थिक आयामको कुनै खेमामा कमी हुँदै जानुबाट आफूलाई हुन गएको क्षतिलाई कसैको हत्या वा आत्महत्याबाट परिपूर्ति गदै जानु निन्दनीय कार्य हो । यस्ता कार्यलाई रोक्न कानुनका विभिन्न निकायहरु, सुरक्षा एजेन्सीहरु सधैं र सबैतिर तल्लीन भएर लाग्नु पर्छ । अपराधीक गतिविधिहरुलाई कोभिड–१९ कै काममा सक्रिय रहेको कुरा देखाइ दुषित क्रियाकलापहरुलाई लुकाइन्छ । यस्ता दुषित क्रियाकलापहरु मध्ये चोरी, ठगी, लुटपिट र हत्या आंशिक रुपमा देखा पर्छन् । यस हिसाबले यस्ता क्रियाकलापहरु गर्ने मानिसहरु भन्ने भावमा कुनै किमिसको गलत गरिएको छ भने कुराको दुविधा हुँदैन । जसरी एउटा हत्या गर्ने व्यक्तिको सबभन्दा ठूलो कुरा उसको मनोभाव हुन्छ । त्यसैगरी आत्महत्या गर्न निराशा, कुनै किमिसको ठूलो चिन्ता वा अरु कसैको दबाव, अभावको महशुस हुन्छ भने त्यो व्यक्ति आत्महत्या गर्न अभिप्रेरित हुन्छ भने आफ्नो आवेश, मनसाय वा गम्भिर उत्तेजनाबाट हत्या गर्न अगाडि बढ्छ । यस हिसाबले कोरोना कालमा कुनै पनि अपराधिक क्रियाकलापहरुको वारदात स्थलको मुचुल्का हडबडमा, भित्री रहस्यको मूल मर्म, अवहेलना तथा दुषित क्रियाकलापहरुको वास्तविक जरो पत्ता लगाउन सकिरहेको छैन । यसर्थमा यो सरुवा रोगले सबै व्यक्तिलाई आफ्नो कार्य प्रति सजग बनाएको छ भने अर्कोतिर स्वास्थ्यको हेरचाह, सामूहिकता र व्यक्तिपरकताबिचको वास्तविक फरक र आवश्यकतालाई औल्याएको छ ।

                अपराध एउटा गर्न नहुने काम हो। जुन कुरा कानुनले रोकेको छ त्यसलाई गर्नु नै अपराध मानिन्छ । यस्ता अपराध कोरोना कालमा आर्थिक अभावको कारणले मुख्यत घरेलु हिंसा, श्रीमान श्रीमतीको बिचको मनमुटाव सन्तानप्रतिको आशक्ति, सन्तानको इच्छापूर्तिको कमीले घरमा कलह हुन गई एक व्यक्तिले अर्कोलाई मार्न चाहेमा नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १८० बमोजिम कारवाही हुने छ । यसै सन्दर्भमा कसैले ज्यान मार्ने उद्योग विमारीको रुपमा गर्न चाहेमा त्यसको पुष्टि हुन आएका दफा १८३ (२) बमोजिम कारवाही हुने छ ।

                आत्महत्याको सन्दर्भमा दफा १८५ को उपदफा २ बमोजिम कारवाही हुनेछ । आत्महत्या कुनै समस्याको समाधान नभए तापनि यसलाई प्रोत्साहन गर्न कतिपय मानिसहरुले उक्साएका हुन्छन् । त्यही सन्दर्भमा यो दफा आकर्षित हुन्छ । केही सुरक्षा एजेन्सीहरु, पुलिस प्रशासन फ्रन्ट लाइनमा कोभिड–१९ को समयमा काम गरिरहेको भएता पनि उनीहरुको ध्यान सामाजिक सुरक्षा, मानिसको जीविकोपार्जन, सम्मानपूर्वक बाँच्न पाउने अधिकार लगायत संविधान प्रदत आधारभूत अधिकारहरुलाई हनन नहुने किसिमले व्यवहार गर्नुपर्छ ।

                यसर्थमा कुनै पनि किसिमको बाधा राज्यमा आइपरेको खण्डमा सम्बन्धित निकायले आफ्नो दायित्व राजधर्म, देशभक्तिबाट बिमुख हुनु हुँदैन । यस किसिमले मात्र त्यस्ता संस्था, सेवामा संलग्न व्यक्तिहरुको सम्मान हुन जान्छ अन्यथा त्यस्ता अनुत्तरदायी सेवाकर्मी भगौरा तथा निच सोच भएका प्रशासकहरुलाई देशद्रोहीको रुपमा उभ्याउनु पर्छ जसले आफ्नो सपथबाट बिमुख हुन खोज्छ ।

                यस प्रकारले प्रारम्भिक रुपमा हेर्ने हो भने रिपब्लिक चीन र नेपालको कम्युनिष्ट पार्टी तथा तिनीहरुबाटै सञ्चालित सरकार/कार्यपालिका आफ्नो पूर्ण क्षमता देखाउन नसक्नु सरकारकै एउटा नेतृत्व शैलीको अपमान हुन्छ भने विश्वबाट नेपालका कम्युनिष्टहरुले केही गर्न नसकेको कुरा बोध हुन्छ । नेपाल सरकारले आफ्ना छिमेकी राष्ट्रसँग सद्भाव राख्नु पर्छ तर लागू पदार्थको ओसारपसार, घुसपैठ, बिना आयकरको ढुवानीले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न जान्छ । यो समयलाई एक रेखीय रुपमा मात्र नहेरि बहुरेखीय रुपमा सुरक्षा चुनौतीलाई आफ्नो मापदण्ड भित्र राखी आम जनताको शान्ति, सुरक्षा तथा स्वास्थ्यको ध्यान दिनु पर्छ । यसको लागि सम्पूर्ण इन्सिटच्युसनलाई एक आपसमा घुलमिल गराई देशमा अपराधी गतिविधिलाई नियन्त्रण गरी विकासका धेरै कामलाई अगाडि बढाउनु पर्छ ।

 

- प्रकाश कुमार शाह

prakashkumarsah99@gmail.com