नेशनल प्याब्सन काठमाण्डौ जिल्ला समितिको आयोजना र बेदान्त पब्लिकेशनको सहकार्यमा ३१ गते शुक्रबार देशब्यापी रुपमा कक्षा १ देखि १० सम्मका गणीत विषयका शिक्षकहरुका लागि Mathematics Teachers’ Training कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेशनल प्याब्सन काठमाण्डौ जिल्ला अध्यक्ष खडक बस्नेत को अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन सचिव अमृत खड्काले गर्नुभएको थियो । ZOOM Conference बाट गरिएको उक्त तालिममा ३०० सहभागिहरु रहेका थिए । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समितिका अध्यक्ष रितुराज सापकोटा, महासचिव सुबास न्यौपाने, उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल, उपमहासचिव पारसमणी दाहाल, बेदान्त पब्लिकेशनका एमडी जीवन श्रेष्ठको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष तथा तालिम संयोजक मनोज अधिकारीको संयोजकत्वमा भएको उक्त तालिममा SPEEDY MATHS का लेखक हुकुम प्रसाद दाहालले तालिम प्रदान गर्नुभएको थियो । दाहालले शिक्षकको पेशागत विकास, सिकारुको सिकाईमा प्रभाव पार्ने कुराहरु, शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया तथा आफ्नो पुस्तकको बारेमा आफ्ना प्रस्तुतिहरुका साथै केहि अन्तरक्रिया पनि गर्नुभएको थियो । साथै कार्यक्रममा शिक्षक तारा बहादुर मगर, पराग श्रेष्ठ लगाएका व्यक्तिहरुले आफ्ना प्रस्तुति तथा भनाईहरु राख्नुभएको थियो ।
(रिपोर्टर सियोन मगर)