विगत केही समय अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले काेराेनाकाे बारेमा धेरै सल्लाह सुझावहरू दिइरहेकाे हामी सबैलाई थाहा नै छ । त्यस्तै आफुलाई पर्दा के अनुभव हुँदा रहेछ र के-के गर्नुपर्ने रहेछ भनेर अरूलाई आफ्नाे विचार र भागाईकाे कुराहरू प्रष्ट पार्दै हुनुहुन्छ त्रिचन्द्र क्याम्पस (भू-गर्व शास्त्र) सह-प्राध्यापक छवीलाल पाेखरेल सर । पढाैं उहाँकाे भाेगाईहरू र समाधानहरू उहाँकै शब्दमा ।
म केही समय अघि कोरोनको बिरामी थिए भने आज म पूर्ण रुपमा निको भएको छु, याे मेरो जीवनमा घटेको अहिले सम्मको ठुलो पिडादायक घटना हो, जसलाई मैले आत्मबल र सहनशीलाताले जित्न सफल भए l हुन त हरेक मानिसहरूमा फरक फरक लक्षणहरु देखापर्छन् तर मलाई देखिएका लक्षणहरु निम्नानुसार छन्:-
१. सुरुको तीन दिन सम्म हल्का हल्का ज्वरो आउने, आँखाको माथिलो ढकनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने,
२. तेश्रो दिन देखि छैठौं दिन सम्म ९९ देखि १०३° ज्वरो आउने, नाक बन्ध हुने,लगातार खोकी लाग्नु जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने,हल्का हल्का जिउ दुख्ने,
३. छैठौं तीन देखि दशौं दिन सम्म हल्का मात्र ज्वरो आउने, जिउ दुखेर:- कोल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि toilet गएर दिशा गर्न नसक्नु, रात र दिन के हो भिउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु,
४. एघारौं देखि तेह्रौं दिन सम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु,
५. तेह्रौं देखि सततरौं दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि कोरोना negative आउनु l
सैद्धान्तिक तथा वैज्ञानिक रुपमा के भन्छन त्यो त गौणकाे कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधीहरु निम्नानुसार छन्:-
क) बन्ध भएको नाक खोल्ने बिधि:
एउटा पाकेर पहेलो भएको कागती लिएर काट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा, ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास फेर्न सजिलो हुन्छ, जति बेला बन्द हुन्छ त्यतिबेला रस हाल्ने l दिनमा २/३ पटक हाल्दा पूर्ण रुपले नाक खुल्नेछ l
ख) खोकी कम गर्ने विधि :
एउटा गिलासमा दुईतिहाइ जति चामल हाल्ने अनि मकै भुटे जसरी हल्का रातो हुने गरि भुट्ने । त्यसलाई चिसो पानीमा हालीसकेपछि बाफ बाहिर जान नदिइ ढकनले २ minute छोप्ने अनि तातै त्याे पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खुराक खाएपछि खोकीको असर कम हुँदै जान्छ l छाती बचाउनु नै बाँच्नु हो, खोकीको असरले गर्दा छाती
दुख्न थाल्छ l
ग) निदाउने विधि :
अरु दिन हल्का निद्रा लागेपनि छैठौं दिन देखि दशौं दिन सम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहा नै हुँदैन,
जिउ दुखेर कोल्टे फर्किन नसक्ने हुन्छ यो घडीमा निदाउनु ठुलो कुरा हो l सतही क्षेत्रफल बढी हुने हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ । त्यसैले कोल्टे फर्किएर सुत्नुपर्छ साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सकेसम्म नचलिकन सुत्दा निद्रा लाग्छ l
घ) फलफुल खाने तरिका :
फलफुलले शरीरलाई शक्ति दिएपनि घाँटीलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ, त्यो दिन खोकी लाग्दो रहेछ, खोकीको असरले छात्तीमा समस्या हुने गर्छ त्यसैले चिसो चिज खानु हुँदैन, खानुपरेमा फलफुल उसिनेर खाँदा राम्राे हुने रहेछ l
ङ) खाना मिठो मानी खाने तरिका :
उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुँदैन, भात त हेर्न पनि मन लाग्दैन यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो आएकाले बढी जिउ तताउने खाना खानु हुँदैन l मिठो नभए पनि पानीले पेलेर भएपनि पेट सम्म खाना पुर्याउनुपर्छ l
च) योग गर्न सकिन्छ :
काेराेना लागेको तीन दिन देखि एघारा दिन सम्म योग गर्न मैले सकिन अरु दिन सकेसम्म गरियो l यदि सधै सक्नु हुन्छ भने सुनमा सुगन्ध l
छ ) पानी कति पिउने :
मैले एक पटक toilet गएपछि एक गिलास तातो पानी नियमित रुपमा खाँदै आएको छु । सबै भन्दा खाना सजिलो पानी हो शरीरमा पानी भएपछी खुसी महसुस हुँदोरहेछ l
ज) बाफ लिने तरिका:
छाती बचाउने एउटा उपाय भनेको तातो पानी को बाफ लिने रहेछ l मैले दिनमा ३ पटक र रातीमा २ पटक गरि एक पटकमा ५/७ मिनेट बाफ लिई रहेको छु l बाफ लिदा नाक र मुख खुल्ने गर्छ र हल्का भएको अनुभूती प्राप्त हुन्छ ।
झ) बेसार पानी, ज्वानो पनि, Ayurvedic धुलो, Cetamole पटक पटक प्रयोग गरियो l
ञ) सामाग्रीहरु:- Thermometer र Pulse oximeter
अहिले अक्सिजनकाे अभावले मान्छे छट्पट्टी रहेको अवस्थामा हामीले छाती जोगाउन सकिएको खण्डमा कोरोनालाई सजिलै जित्न सकिन्छ, छाती जोगाउन: चिसो चिज बाट बच्नु पर्छ, चिसो फलफुल, दहि खानु हुँदैन l
अन्तयमा
कोरोनाले सिकाएको कुरा: कोरोना लाग्नु अघि हेलचेक्र्याइँ गर्नु हुँदैन यदि लाग्यो भने आत्मबल, सहनशिलताले र छाती जोगाएर, अरुका नचाहिने कुरा नसुनेर मात्र कोरोना लाई जित्न सकिन्छ l
" स्वस्थ नै धन हो "