क्याम्पाडाँडामा सकेट बम फेला

image
सोमबार, बैशाख २७ २०७८

हेटौंडा, २७/ मकवानपुरकाे हेटाैंडा महानगरपालिका वडा नं.-५ 

हेटौंडा-५ क्याम्पाडाँडा स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशाला चौरमा अन्दाजी ६ इन्च लामो तथा १० सेन्टिमिटर 

सकेट बम खिया लागेको अवस्थामा साेमबार फेला परेको छ। स्थानीय पिप्ले युवा क्लबले चाैर बनाउने क्रममा माटाे सम्याउन खाेज्दा बम फेला परेकाे हाे । 

बम रहेकाे खबर पाउना साथ भिमफेदी-२ भैंसे स्थित काली प्रसाद गण (ई) काे नेपाली सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थलमा आएर बम डिस्पाेज गरिएको प्रहरीले बताए ।

१७ वर्ष अघि उक्त स्थानमा तत्कालीन माओवादी जनमुक्ती सेना र प्रहरीसँग दोहोरो भिडन्त भएको थियो ।

(Reporter Eroj Lama)