जेठ ६, हेटाैंडा। नेपाल स्काउट भिमफेदी मकवानपुरले हाल फैलिरहेकाे काेराेना भाइरस अर्थात काेभिड-१९ विरूद्घकाे लागि बिहीवार स्काउट हेल्प डेस्क संचालन गर्ने निर्णय गरिएको छ ।
महामारीले ज्यानै लिन सक्ने खतरा बढेकाेले स्काउट भिमफेदी जति बेला पनि महामारी र विपद्को बेला सहयाेग गर्न तयार रहेकाे नेपाल स्काउट भिमफेदीका संयाेजक आशिष् अस्लामी मगरले बतनए । उनले स्काउटले आफु बाँच अर्थात safety first भन्ने मुल नारालाई साथमा राख्दै काेराेनाले पारेको मनो-सामाजिक असरले मानव सभ्यतामै ठूलो धक्का पर्न सक्ने भएकोले हामीले मानव जीवनको रक्षार्थ खटिनुपर्ने बताए ।
स्काउटले पहिलो चरणको कार्यक्रमहरुमा अनलाइन हेल्प डेस्कको स्थापना र कोभिड विरुद्द सक्रियता, प्लाज्मादाताको खोजी तथा प्लाज्माको अभाव परिपूर्ती, आफु रहेको घर परिवार र समाजमा कोभिड सुरक्षा सम्बन्धी परामर्श, समय समयमा अनलाइन बाट भौतिक उपस्थिति बिना सामूहिक बैठक संचालन गर्नुका साथै अन्य कार्यक्रमहरू पनि संचालन गर्ने भएकाे छ । (Reporter Iroj Lama)