भिमफेदी गाउँपालिकाले बजार अनुगमन गर्ने

image
सोमबार, बैशाख २७ २०७८

भिमफेदी, २७/ मकवानपुरकाे भिमफेदी गाउँपालिकाले बजार अनुगमन गर्ने निर्णय  गरिएको छ । साेमबार बसेकाे बजार अनुगमन तथा व्यवस्थापन समितिले साे निर्णय गरिएकाे हाे । 

काेभिड-१९ अर्थात काेराेनाकाे समयमा लकडाउनकाे स्थिति भएकाे हुँदा बजारमा उपभोक्तालाई उपभोग्य सामानकाे अभाव गराउने तथा मुल्य बढाइ बिक्रि बितरण गर्ने जनगुनासो आएकाे कारण बजार अनुगमन गर्ने निर्णय गरिएकाे समितिका संयाेजक पार्वती रानाले बताए । उनका अनुसार हरेक दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने पसल तथा तरकारी पसलमा मूल्य सूची राखिनुपर्ने समितिकाे निर्णय भएकाे बताइन् । 

उक्त बैठकमा भिमफेदी रुट भइ चल्ने यातायातका साधन तथा अटोमा पनि निर्धारीत भाडा दर राखिनुपर्ने निर्णय गरिएको छ । बैठकमा वडा नं. ६ का अध्यक्ष सिताराम थापा, वडा नं. २ का अध्यक्ष काशीराम बज्यू,  इलाका प्रहरी कार्यालय भिमफेदीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, स्वास्थ्य संयोजक रामनाम थिङकाे उपस्थिति रहेको थियो ।

 

(Reporter Iroj Lama)