सानुटारमा डिब्बा गाडी भित्तामा ठोकिदा सहचालक घाइते

image
शनिबार, बैशाख १८ २०७८

मकवानपुर, १८/ भिमफेदी गाउँपालिका वडा नं. १ तथा त्रिभुवन राजपथ अन्तर्गत सानुटार माेडमा ना ३ ख ५७९ नंबरकाे डिब्बा गाडी दिउँसाे ३ बजे दुर्घटना हुँदा गाडीमा सवार सहचालक घाईते भएका छन्  । विपरीत दिशाबाट आएकाे अटाे माेडमा अत्यधिक तिव्र गतिमा आउँदा गाडीले ब्रेक लगाउन खाेज्दा नालामा गएर दुर्घटना भएकाे हाे । 

चालक हेटाैंडा-१९ वस्तीपुर निवासी २९ वर्षीय वीर बहादुर थाेकर र सहचालक साेही स्थानमा बस्ने ३१ वर्षीय शंकर बल रहेकाे छ । दुर्घटना हुँदा गाडीको अगाडिकाे सिसा पुरै फुटेकाे र सहचालककाे निधारभन्दा माथि चाेट लागि घाइते भई  हेटाैंडा अस्पताल पुर्याई उपचार गराइएको चालक थाेकरले बताए । सहचालक बलकाे घाउमा ७ टाका लगाइएकाे छ भने उपचार पश्चात सामान्य रहेकाे चालकले बताए । 

(Reorter Eroj Lama)