भिमफेदी आईसाेलेसनलाई खाद्यान्न वितरण

image
बिहीबार, जेष्ठ २० २०७८

हेटाैंडा, २० जेठ/ "व्यक्ति लाई हैन संस्थालाई मान्छौं, मानवीय कार्य कर्तव्य ठान्छौं" भन्ने मुल नाराका साथ मकवानपुरमा रहेकाे मदन भण्डारी स्पोर्ट्स एकेडेमी र जिल्ला खेलकुद विकास समिति मकवानपुरकाे संयुक्त आयोजनामा बिहीवार पौष्टिक आहार (खाद्यान्न ) वितरण गरिएको छ । भिमफेदीमा रहेकाे २५ बेड क्षमता भएकाे आईसाेलेसनमा रहेकाे काेराेना संक्रमितलाई खेलकुद विकास समितिका अध्यक्ष सानुलामाले भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई उक्त खाद्यान्न वितरण गरिएकाे हाे । 

 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका जिल्ला सह-सचिव अनिल अधिकारीको सभाध्यक्ष्तामा भएकाे कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिदम लामा, विशिष्ट अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य संतोष  पौडेल, अतिथिहरूमा स्पोर्ट्स एकेडेमीका सल्लाहकार सुनिल लोप्चन, स्पोर्ट्स एकेडेमी नगर इन्चार्ज सविन मोक्तान र साथै मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिमफेदीका काेषाध्यक्ष भुपेन्द्र राना मगर, स्पोर्ट्स एकेडेमी भिमफेदीका बादल सिलवाल, रचिन डंगोल र अनेरास्ववियु भिमफेदीका संयोजक राजीव परियार लगायतको उपस्थिति रहेकाे थियाे । 

 

अध्यक्ष लामाले नडराई यसकाे सामना गर्न सके निकाे हुने र सहयाेग चाहिएमा खबर गर्न आग्रह गरेका थिए । 

अनेरास्ववियु केन्द्रीय सदस्य आशिष असलामी मगरले संचालन गरिएको कार्यक्रममा ५ बोरा चामल, ३ केजी दाल र चिनी, २० कार्टुन पानी, ५ क्रेट अथवा १५० पिस बट्टाई चराकाे अण्डा वितरण गरिएकाे थियाे ।

(Reporter: Iroj Lama)