हेटौंडा, ११ असार/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अन्तर्गत अखिल फोर्स मकवानपुरको भर्चुअल माध्यमबाट चौथो बैठक शुक्रबार सम्पन्न भएको छ । अखिल फोर्स प्रमुख क. मनिश मान श्रेष्ठको सभाध्यक्षता र अनेरास्ववियु मकवानपुर संयोजक क. विशाल पौडेलको प्रमुख अतिथ्यतामा उक्त बैठक सम्पन्न भएकाे थियो ।
बैठकले हेटौंडामा रहेका विभिन्न क्याम्पसका ३० विधार्थीहरुलाई अखिल फोर्सको सदस्यता प्रदान गरेको र सदस्यहरुलाई स्वागत गर्दै प्रमुख क. श्रेष्ठले अनेरास्ववियु मकवानपुरलाई सशक्त ढंगबाट अघि बढाउन अखिल फोर्सले स्वयंसेवकको रूपमा जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिए ।
उनका अनुसार फोर्सले विधार्थी हकहित, खेलकुद र सुरक्षाका निम्ति खटिदै आईरहेको सन्दर्भमा हाल प्रगति मा.वि. मा खेलकुद सामाग्री वितरण, सिदार्थ मा.बि. फुटबल प्रतियोगिता र मकवानपुर बहुमुखी क्याम्पसमा वृक्षारोपण जस्ता कार्यक्रम आयोजना गरिसकेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि संयोजक विशाल पौडेलका अनुसार फोर्स मकवानपुर अरू केही नभई अनेरास्ववियु मकवानपुर अन्तर्गत रहेको स्वयमसेवक विभागको रहेकोले उक्त नाम NICKNAME का रूपमा प्रयोग भएकोले नाम भन्दा काममा जोड दिनुपर्ने बताए । उनले स्वयंसेवक विभागले हाल सम्म राम्रो काम गरेको र आगामी दिनहरुमा जिल्ला कमिटीको पूर्ण साथ र सहयोग रहने बताए ।
(Reporter: Iroj Lama)