कोरोना संक्रमणको कारण लामो समयसम्म आफ्नो उपस्थिति दिन नसकेका वरिष्ठ गायक, संगितकार तथा महागुरू उपाधी पाएका कोच दीप श्रेष्ठ फेरि ‘द भोइस’मा हिजो देखि फर्किएका छन् । उनको अनुपस्थितिमा वरिष्ठ गायक राजेश पायल राईले कोच दीपको कार्यभार सम्हालेका थिए । कोच श्रेष्ठ ‘तिमीले भने जति’ गित गाएर स्टेज प्रवेश गरेका थिए ।
नकआउट राउन्ड पार गरेसँगै टप 12, प्रतिष्पर्धीहरू हिजो देखि लाइभ राउन्डमा प्रवेश गरेका छन् । हिजो देखि नै भोटिङ पनि खुला गरिएको छ । भोटिङ प्रभु बैङ्कको एप्स र नेपालभित्रबाट एस.एम. एस. मार्फत गर्न सकिने छ । उक्त १२ प्रतिष्पर्धीहरू आर्यन तामाङ, बिजय ठाडा मगर, नेहारिका ज्ञवाली, कर्मराज गिरी, किरण गज्मेर, अफ्रिता खड्की, ज्वाला राई, रबि गहतराज, गोविन्द पुन, तारा श्रीस मगर, सोनम शेर्पा र जेनिश राई रहेका छन् ।
लाइभ राउन्डमा प्रवेश गरेसँगै उनीहरूले वर्ल्ड लिङ्क को तर्फबाट १ बर्षको लागि फ्रि सब्सक्रिप्सन, एन टिभीको तर्फबाट प्राइम प्याकेज र सिभिल बैङ्कको तर्फबाट १० / १० हजार नगर प्राप्त गरेका छन् ।