टिपर खस्दा एक दम्पतीको मृत्यु

image
शनिबार, आषाढ १९ २०७८

काठमाण्डौको मुलपानी नजिकै बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर टहरामाथि खस्दा टहरामा सुतिरहेका एक दम्पतीको मृत्यु भएको छ ।

टिपर खस्दा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उहाँकी श्रीमती जयन्तीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक गोविन्द घलानलाई प्रहरीले पक्राउ गरेको छ ।