पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ३७४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ९२ हजार ८७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोनामुक्त भए, २९ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ५०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख १९ हजार ३०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।