गजल

image
शनिबार, श्रावण १६ २०७८

म  शिक्षक

कोरोना भाईरस, अनलाईन कलास

सबैको कहर भो ।

प्रविधिज्ञाता, सभ्य र सचेत हुनूनै पर्ने

मेरो नि ठहर भो ।

 

चक र डस्टर नछोड्दै फेरि

सि यु जि, जुम, माईक्रोसफ्ट टिम्स

अनलाईनकै नहर भ‍ो

 

टिकटक र फ्रिफायर ,पब्जि र च्याटिङ

अनलाईन कलास यो पनि रहर भो ।

 

मोबाईल नयाँ, डाटा प्याक खरिद

सन्तानकै चिन्ता आम्मैलाई जहर भो ।

 

कोरोना भाईरस, अनलाईन कलास

सबैको कहर भो ।

प्रविधिज्ञाता, सभ्य र सचेत हुनूनै पर्ने

मेरो नि ठहर भो ।

 

कमल सारू

गुल्मीदरबार, गुल्मी