अनेरास्ववियु (क्रान्तिकारी) भिमफेदी कमिटीद्वारा एस.ई.ई. विद्यार्थीहरूलाई सम्मान

image
बिहीबार, भाद्र १० २०७८

नेकपा माओवादी केन्द्र सम्बद्द अनेरास्ववियु ( क्रान्तिकारी ) भिमफेदी गाउँपालिका कमिटीले बिहीवार २०७७ सालमा एस.ई.ई. परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । भिमफेदी गाउँपालिका भर रहेका एस.ई.ई. परीक्षामा ए र ए प्लस ल्याई उत्कृष्ट नतिजा ल्याउने २६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको हो । 

गाउँ कमिटी अध्यक्ष सफल बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य रन्जित कुमार रानाको प्रमुख आतिथ्यता साथै विशिष्ट अतिथि  क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवण बर्तौलाको अतिथ्यता रहेक थियो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष छोइसाङ्ग लामा, हेटौडा उपमहानगरपालिका अखिल क्रान्तिकारी अध्यक्ष कमरेड झलकको आतिथ्यता रहेको थियो ।

- इरोज लामा