लामो समय देखी दुवै मृगौला फेल भएका कारण टिचिङ्ग अस्पताल, महाराजगञ्जमा उपचाररत चर्चित अभिनेत्री पल्पसा डंगोललाई स्वास्थ्य उपचारका लागि सहयोग गर्न सरकारसँग माग राखेकी छन् । कलाकारहरू देशका गहना भएतापनि अप्ठ्यारो पर्दा उनीहरूलाई सरकारले वास्ता नगरेको वलीको गुनासो रहेको छ ।
डंगोल हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा विगत १३ वर्षदेखि नियमित रूपमा अभिनय गर्दै आईरहेकी थिईन् । उनी मेरी बास्सैमा ‘चम्सुरी’ नामले सुपरिचित छिन् ।