नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा भोलि पत्रकार सम्मेलन गरिने

image
आइतबार​, भाद्र ६ २०७८

काठमाण्डौं, भाद्र ६ - नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा भोलि सोमवार १२ बजे रिपोर्टस क्लब, काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ ।  काठमाडौं जिल्लाव्यापी नवौँ कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी मिति २०७८ साल भाद्र ११ र १२ हुन गइरहेको हुँदा व्यापक प्रसार – प्रसारको लागि उक्त पत्रकार सम्मेलन गर्न लागिएको नेशनल प्याब्सन, नागार्जुनका सचिव चन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

कोरोना माहामारीको जोखिम कायमै रहेको हुँदा कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी जूम मिटिङ बाट गर्न लागिएको हो । कार्यशाला गोष्ठीमा प्रमुख प्रशिक्षकको रूपमा सहजीकरणका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद्, सदस्य डा. देवी नेपालले गर्नु हुनेछ भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङले गर्नु हुनेछ ।

उक्त कार्यशाला गोष्ठीमा नेशनल प्याब्सन सदस्य विद्यालय वा अन्य विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरूबाट प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रा रहने गरी बढीमा तीन जना सहभागी हुन पाउनेछन् । १० उत्कृष्ट सृजना र वाचनलाई पुरस्कृत समेत गरिने छ भने विद्यार्थीले लेखेका कविता वाचन समेत गराई उत्कृष्ट कविताहरूको संगालोको रूपमा कविता संग्रह समेत प्रकाशित गरिने छ ।

- सियोन मगर