बाग्लुङ - काठमाडौंबाट गलकोट हुँदै बुर्तिबाङतर्फ गईरहेको बा५ख १५५३ नम्बरको रात्रिबस सोमबार बिहान करिब ७:३० बजे सडकमै पल्टिदा ११ जना घाइते भएका छन् ।
घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका–९ का गिरिबहादुर परियार, ढोरपाटन नगरपालिका १ की पवित्रा खत्री, गलकोट नगरपालिका–३ का हरिलाल खत्री, सुनवल नगरपालिका ३ की तारा पुन, मुसिकोट–२ का राजकुमार पुन, तारा थापा, बडिगाड गाउँपालिका–२ का विष्णु थापा, बडिगाड–६ का टेकबहादुर राना, भारतीय नागरिक जिलाजित शर्मा र अनिल कुँवर छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
चालक चित्रबहादुर खड्का प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको कारणबारे छानबिन भइरहेको छ ।