मकवानपुर, २१ असाेज/ मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरीबगैंचामा जारी दशैं कप फुटबल प्रतियोगितामा तेश्राे दिनकाे सेमिफाइनलमा सानुटार टिम र भिमफेदी 'ए' टिम विजयी भई फाईनलमा प्रवेश गरेका छन् । बिहीवार भएकाे खेलमा सानुटारले पान्द्राङ 'ए' ले पेनाल्नटी सुट आउटमा ३-२ र भिमफेदी 'ए' ले चिउरीबगैँचा 'बी' लाई ३-१ काे अन्तरले पराजित गर्दै फाईनलकाे यात्रा तय गरेका हुन् ।

आज भएकाे पहिलाे खेलमा सानुटार टिमका खेलाडी जर्सी नं. १३ का मंगल थिङले खेलकाे १३ ओैं मिनेटमा विपक्षी टिमका गाेल रक्षक अनिल लामालाई फल गरेपछि रेफ्रीले पहेलाे कार्ड देखाएका थिए । यस्तै पान्द्राङ एफसीका जर्सी नं. ९ का खेलाडी बलराम लामा र जर्सी नं. ४ का खेलाडी सविन श्रेष्ठले खेलकाे दाैरान जर्सी खाेलेकाे हुनाले रेफ्रीले दुवै जनालाई पहेलाे कार्ड देखाएकाे थियाे ।
खेलकाे ५० ओैं मिनेटमा कुनै पनि टिमबाट गाेल हुन नसकेपछि रेफ्रीले पेनाल्टी सुटआउटकाे नतिजा निकालिएको थियाे । पेनाल्टीमा सानुटार टिमका तर्फबाट प्रकाश रूम्बा, बुद्ध थिङ र सुदेश वाइबाले गाेल गरेका थिए भने मंगल थिङ र सुक लाल थिङकाे बल विपक्षी टिमका गाेलरक्षकले गाेल हुनबाट बचाएका थिए । त्यस्तै पान्द्राङ टिमका तर्फबाट विशाल डंगोल र बलराम लामाले गाेल गरेका थिए भने सुलभ थापाकाे बल विपक्षी टिमका गाेल रक्षकले गाेल हुनबाट बचाएका संगै सविन श्रेष्ठ र राेमन श्रेष्ठको बल भने पाेष्टबाट बाहिरिएको थियाे । याे संगै सानुटार टिमले पेनाल्टी सुटआउटमा ३-२ काे अन्तरले जित हात पार्दै टिमलाई फाईनलमा प्रवेश गराएक छन् ।
यस्तै दाेश्राे खेलमा चिउरीबगैंचा 'बी' का जर्सी नं. ९ का खेलाडी नितेश थापाले खेलकाे ९ ओैं मिनेटमा पहिलाे गाेल गर्दै टिमलाई अग्रता दिलाएता पनि ११ ओैं मिनेटमा विपक्षी टिमका जर्सी नं. ७ का खेलाडी सविन लामाले गाेल गर्दै खेललाई बराबरीमा पुराएकाे थियाे । भिमफेदी 'ए' टिमका जर्सी नं. २ का खेलाडी सुवास घिसिङले खेलकाे २३ ओैं मिनेटमा विपक्षी टिमका खेलाडीलाई फल गरेकाे हुनाले रेफ्रीले पहेलाे कार्ड देखाएको थियाे । पहिलाे हाफकाे बराबरीमा खेलिएकाे खेलमा दुवै टिमका खेलाडीहरूले निकै गाेल गर्ने प्रयास गरेतापनि प्रयासहरू विफल भएकाे य । खेलकाे ४५ ओैं मिनेटमा चिउरीबगैंचा 'बी' का खेलाडी बिकेश थापाले विपक्षी टिमका खेलाडीलाई फल गरिएको कारणले रेफ्रीले उनलाई पहेलाे कार्ड देखाएकाे थियाे ।
खेलकाे ४८ ओैं मिनेटमा दुवै टिमबाट निकै गाेल गर्ने प्रयासहरू भएतापनि ४९ ओैं मिनेटमा भने भिमफेदी 'ए' का जर्सी नं. १० का खेलाडी अर्पण लामाले गाेल गर्दै टिमलाई निकै हर्षाेउल्लास दिलाएकाे थियाे । खेलकाे अन्तिम थप समयमा फेरि साेही टिमका जर्सी नं. १३ का सुमन लामाले थप एक गाेल गर्दै टिमलाई ३-१ काे अग्रता दिलाउँदै टिमलाई फाईनलमा प्रवेश गराउन सफल भएकाे थियाे ।
सेमिफाइनल खेल हेर्नकाे लागि दर्शककाे उपस्थिती बाक्लाे रहेकाे कारणले गर्दा खेलमा झैझगडा हुन नदिन समर्थकहरूलाई ताेकिएकाे लाईनभन्दा भित्रआउन नदिन ईलाका प्रहरी कार्यालय, भिमफेदीका सुरक्षाकर्मीसँगै स्वयम् सेवकहरूकाे व्यवस्था गरिएको आयाेजकले जानकारी दिनुभयाे । खेलमा धेरै दर्शकहरूले आ-आफ्नो टिमकाे समर्थक गर्दै हुटिङ समेत गरिएकाे थियाे । सेमिफाइनलमा खेल निकै राेमाञ्चक रहेकाे थियाे ।
याे सँगै सानुटार र भिमफेदी 'ए' फाईनलमा प्रवेश गरेका छन् भने फाईनल खेल यही असाेज २३ गते शनिबारकाे दिन दिउँसाे १ बजे हुने आयाेजकले जनाएकाे छ ।