भिमफेदी 'ए' र सानुटारको विजयी सुरूवात

image
मङ्गलबार, आश्वीन १९ २०७८

मकवानपुर, १९ असोज/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरी बगैँचामा जारी दशै कप फुटबल प्रतियोगितामा पहिलो दिन भिमफेदी 'ए' र सानुटारले विजयी सुरूवात गरेका छन् । मंगलवार भएको खेलमा भिमफेदी 'ए' ले चिउरीबगैंचा 'ए' लाई १-० र सानुटारले पान्द्राङ 'बी' लाई ४-० को अन्तरले पराजित गर्दै विजयी सुरूवात गरेका हुन् । 


आज भएको पहिलो खेलमा चिउरीबगैंचा 'ए' का जर्सी नं. १३ का खेलाडी सागर रानाले आत्मघाती गोल गर्दै भिमफेदी 'ए' लाई अग्रता दिलाएको थियो । यो सँगै भिमफेदी 'ए' क्वाटरफाइनलमा प्रवेश गरिएको छ भने सानुटार सेमिफाइनलमा प्रवेश गरिसकेको आयोजकले जानकारी दिनुभयो । 


भोलि हुने पहिलो खेल पान्द्राङ 'ए' र गुण्डिङ (दिउँसो १२ बजेर ४५ मिनेटमा), दोश्रो खेल भिमफेदी 'ए' र भिमफेदी 'बी' (दिउँसो २ बजे) र तेश्रो खेल चिउरीबगैंचा र टौबास (दिउँसो ३:४५ मा) रहने छ । खेलको फाईनल मिति भने सारेर यही २३ गते फाईनल गर्न लागिएको आयोजकले बताउनुभयो ।

- इरोज लामा