पान्द्राङ 'ए', भिमफेदी 'ए' र चिउरीबगैंचा 'बी' दशैं कपको सेमिफाइनलमा प्रवेश

image
बुधबार, आश्वीन २० २०७८

मकवानपुर, १९ असोज/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरीबगैंचामा जारी दशैं कप फुटबल प्रतियोगितामा दोश्रो दिन पान्द्राङ 'ए', भिमफेदी 'ए' र चिउरीबगैंचा 'बी' विजयी भएका छन् । बुधवार भएको खेलमा पान्द्राङ 'ए' ले गुन्डिङलाई १-०, भिमफेदी 'ए' ले भिमफेदी 'बी'लाई ४-२ र चिउरीबगैँचा 'बी' ले एफसी टौबासलाई २-१ को अन्तरले पराजित गर्दै विजयी भएका हुन् । 

आज भएको पहिलो खेलमा पान्द्राङ 'ए' का जर्सी नं. ३ का खेलाडी विशाल डंगोलले खेलको ५५ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाई विजयी हासिल गराएको थियो। 


दोश्रो खेलको पहिलो हाफमा भिमफेदी 'ए' ले खेलको १ मिनेटमा पेनाल्टी सुटआउट पाएता पनि जर्सी नं १३ का खेलाडी सुमन लामाले टसमलाई पेनाल्टीमा अग्रता दिलाउन नसकेपनि खेलको १६ ओैं मिनेटमा लामाले टिमलाई अग्रता दिलाएको थियो । खेलको२२ ओैं मिनेटमा जर्सी नं. ७ का अर्का खेलाडी सविन लामाले दोश्रो गोल गरेका थिए भने केही सेकेन्डको फरकमै जर्सी नं. ११ का नकुल दोङले तेश्रो गोल गरेका थिए । खेलको दोश्रो हाफको२९ ओैं मिनेटमा जर्सी नं. ५ का खेलाडी प्रभात बलामीले अर्को गोल गर्दै टिमलाई ४ गोल गर्न मद्दत गरिएको थियो । त्यस्तै  भिमफेदी 'बी' ले खेलको ३२ ओैं मिनेटमा जर्सी नं. ७ का पवन परियारले 

गोल गर्दै टिमलाई हौसला प्रदान गरेको थियो । साथै खेलको ४० ओैं मिनेटमा जर्सी नं. ३ का खेलाडी राज सापकोटाले दाश्रो गोल गर्दै टिमलाई ४-२ को अन्तरमा पुराएको थियो । यो सँगै भिमफेदी 'ए' ले विजयी हासिल गरिएको छ ।  

त्यस्तै तेश्रो खेलमा चिउरीबगैंचा 'बी' ले खेलको ९ ओैं मिनेटमा जर्सी नं. ७ का खेलाडी सागर थापाले पेनाल्टी सुटआउटमा गोल गर्दै टिमलाई अग्रता दिलाएर खुसी बनाएता पनि एफसी टौबासले खेलको दाश्रो हाफमा खेलको ३१ ओैं मिनेटमा गोल गर्दै खेल बराबरीमा लगिएको थियो ।  आफ्नै घरेलु मैदानमा दर्शकको साथ र हुटिङले चिउरीबगैँचाका खेलाडीहरूलाई खेल खेल्न रोमाञ्चक बनाएको थियो । खेलको अन्तिम तिर अर्थात ४० ओैं मिनेटमा जर्सी नं. १३ का खेलाडी शिव रानाले गोल गर्दै टिमलाई २-१ को अन्तर ल्याई विजयी हासिल गराएको थियो । 

आज विजेता बन्नु भएका टिमहरू सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने भोलीबाट नै सेमिफाइनल खेलहरू (सानुटार र पान्द्राङबीच १ बजे) र (भिमफेदी 'ए' र चिउरीबगैंचा 'बी' बीच २ बजे) क्रमशः हुने चिउरीबगैंचा युवा क्लबका अध्यक्ष सरोज थापाले बताउनुभयो ।

- इरोज लामा