रानीखोलामा मेसिनरी वेस्ट वाल अर्थात पर्खाल निर्माण हुँदै

image
सोमबार, माघ ३ २०७८

मकवानपुर, ०३ माघ/ मकवानपुरको भिमफेदी गाउँपालिका–४ रानी खोलामा सडकको  माथिल्लो पट्टी छेउमा मेसिनरी वेस्ट अर्थात पर्खाल निर्माण कार्य भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले निकालिएको टेन्डर अनुसार आशिष डि.एस. जे/भीको समन्वयमा भैंसे–भिमफेदी सडक निर्माण आयोजना अन्तर्गत पर्खाल निर्माण कार्य भइरहेको हो ।

करिब ८० मिटरको पर्खाल निर्माण सकिए लगत्तै १ मिटर ड्रेन वाल अर्थात पर्खाल थप्न मिल्ने  आशिष डि.एस. जे/भीका भिमफेदी गाउँपालिका इन्चार्ज सरोज तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार रानीखोला, पान्द्राङ, रातोमाटे र गोल्पिङलगायतको क्षेत्रमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो ।

"हरेक मजदूरलाई दैनिक ज्याला रु १ हजार १ सय को दरले दिईएको र कुनै पनि मजदूरलाई मर्कामा नपारेको", स्थानीय बासिन्दा विष्णुहरी थापाले बताउनुभयो ।

उहाँका अनुसार भैंसे भिमफेदी सडक निर्माण आयोजनाले स्थानीय बासिन्दालाई रोजगारीको अवसर सिर्जना गरिएको बताउनुभयो ।