भारतिय वरिष्ठ गायिका लता मंगेसकरको मृत्यु

image
आइतबार​, माघ २३ २०७८

काठमाडौं- भारतिय वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार 'मल्टी अर्गान फेलर'का कारण मंगेसकरको निधन भएको हो ।

उहाँको जन्म सन् १९२९ मा भारतको  इन्दौरमा भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको  उपचार थालिएको थियो ।

उहाँले करिब ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ । भारतीय मात्र नभएर नेपालीलगायत धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ ।

उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।