काठमाडौं - कोभिड -१९ को संक्रमण बढेपछि मानिसको चाप कम गर्न निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गरिएको थियो , माघ १४ गतेबाट भने संक्रमणदर कम भएपछि केही खुकुलो पारिएको थियो तर, ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर कायम नै रहेको थियो ।
भोलि सोमबार बाट लगाइएको जोरबिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।