स्याल्ब ढलान हुँदा १ सयभन्दा बढी घरधुरी लाभान्वित: अध्यक्ष भोम्जन

image
शुक्रबार​, माघ २८ २०७८

मकवानपुर, २८ माघ/ मकवानपुरको भिमफेदी-४ गोल्पिङ गाउँमा सोमबारबाट गोल्पिङ बेसिदेखि विद्यालयसम्म जाने स्तरोन्नति उपभोक्ता समितिले ८४ मिटरको स्याल्ब ढलान बाटो निर्माण गरिरहेको छ । भिमफेदी गाउँपालिकाबाट सामाजिक विकासका लागि छुट्टाइएको करिब ५ लाख लागतमा उक्त स्याल्ब ढलान निर्माण गरिरहको हो । 

"बाटो निर्माण भईरहँदा आफुसँगै सिंगो गाउँ बस्तीमा नै खुसीमय देखिएको" समितिका अध्यक्ष जीवन भोम्जनले बताउनुभयो । उहाँका अनुसार विगतका दिन सम्झने हो भने बाटो निर्माण नहुँदा धेरै समस्या भएको सम्झनुभयो । यस्तै स्थानीय समाजसेवी तथा युवा व्यवसायी सरोज थापाका अनुसार आउने दिनमा गाउँलेहरूलाई भिरालो कच्ची बाटोबाट आवतजावत गर्न दुःख खेप्न नपर्ने र विशेष गरी बिरामी बोक्ने एम्बुलेन्स लगायत अन्य सवारी साधनहरू सजिलै घरघरमा पुग्न सकिने बताउनुभयो । उहाँले ढलान सम्पन्न भईसकेपछि वृद्ध-वृद्धाहरूलाई आवातजावत गर्न झनै सजिलो हुने बताउनुभयो ।